डोजरको ठक्करबाट गल्याङ -५ का पूर्ववडाध्यक्षको मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ २६ | मध्यान्ह ०४:०२ बजे

स्याङजा, जेठ २६ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।
शुक्रबार बिहान करिब १० बजे वडा नम्बर ५ को जोगिमारामा काम गरिरहेको जेसिबि अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको हो ।
मृतक क्षेत्रीको शव पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।





