देश

     ‘रेकर्ड ब्रेक’ यी क्षेत्रमा अझै तापक्रम बढ्छ

    नवलपुर टुडे
    २०८० जेष्ठ २६ | मध्यान्ह ०१:०२ बजे

      कावासोती । पुर्वी नवलपरासीको दम्कौली, ओखलढुंगा, सुनसरी र इलाममा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो । 

      जल तथा मौसम विज्ञान विभागका अनुसार पुर्वी नवलपरासीको दम्कौकी, ओखलढुंगा, सुनसरीको धरान बजार र इलामको कन्याम चिया बगानमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको हो । 

      नवलपुरको दम्कौकी ४३.८ डिग्री, ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ । 

      विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ । 

        कमेन्टहरु