समाचार

    सर्लाहीको ब्रह्मपुरि गाउँपालिकाबाट भागेर आएका प्रमुख प्रशासकीय अधिकृत यादवको रबैया सुध्रिएन

    नवलपुर टुडे
    २०८० जेष्ठ २३ | मध्यान्ह ०१:०२ बजे

      मिथिला रत्न
      सिरहा, जेठ २३ । भनिन्छ “जुन जोगि आयो कानै चिरेको” असार मसान्तको समयमा सर्लाहीको ब्रह्मपुरि गाउँपालिकाबाट भागेर आएको अधिकृत सैलेश यादव सिरहाको बिष्णुपुर गाउँपालिकामा आउँदा समेत आफ्नो रबैयामा सुधार गरेका छैनन् ।

      ब्रह्मपुरि गाउँपालिकामा करिब ९ महिना हुँदा आफ्नो मनोमानि आफूखुसी पैसा चोख्याउन माहिर रहेका अधिकृत यादव बिना हरहिसाब, बर बुझार्थ नगरि भागेको ब्रह्मापुरि गाउँपालिका अधयक्ष राम पदारथ साहले तेलिले आरोप लगाएका छन् । अध्यक्ष साहले भने ‘असार मसान्तको समयमा बिना रमाना लिइ भागेपछि सिडियो र संघीय मन्त्रालयमा पटक-पटक मेरो अधिकृत खोइ भनि जानकारी गराइ रहे र बुझ्न पनि कोसिस गरे तर अहिलेसम्म अत्तोपत्तो नरहेकोले रोहबरमा दराजको ताल्चा फुटाउने लागेको हो ।’

      उनले त्यो गाउँपालिकाबाट यादवले अनाहकमा मोटो रकम खाएर गएपछि हर-हिसाब बरबुझार्थको लागि पटक-पटक ताकेता गर्न फोन गर्दा नउठाउने अटेरी गरिरहेको आरोप लगाए । अधिकृत यादवदेखि पिडित गाउँपालिका अध्यक्ष साहले आफूले जिन्दगीमा यस्तो भ्रष्ट मानसिकता भएको कर्मचारी नदेखेको र जुनसुकै शिर्षक होस् कमिसन बिना कुनै पनि काम नगर्ने रबैया देखेर आफुहरु हैरान भएको बताए ।

      साहले भने ‘अहिलेसम्म कहाँ छन् भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको भेटे, देखेर हैरान भए, मेरो गाउँपालिका जस्तै त्यँहा पनि खाएर भाग्न बेर लगाउँदैन । त्यसैले सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादवलाइ फोनमा सम्पर्क गर्न प्रयासरत छु ।’

      अधिकृत यादव आएदेखि सिरहाको बिष्णुपुर गाउँपालिकामा हालसम्म सन्चालित रहेका योजनाहरुको नकहि फ्लेक्स बोर्ड, न योजनाको नाउ, के कसरि र कति बजेट हो भनि नदेखिने गरि सर्बसाधरणलाइ गुमराहमा राखि योजनाको कामहरु सन्चालित छन् । जुनसुकै शिर्षक होस् के कति र कसरी सन्चालित छन भनी बुझ्नु पर्दा सुचना नै माग गर्नुपर्छ ।

      हाल सन्चालनमा रहेको योजना र कार्यक्रमहरु गुमराहमा राख्नुको एउटै कारण हरेक योजनामा मोटो रकमको चलखेल भएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । ब्रह्मपुरि गाउँपालिकाको सन्दर्भमा अधिकृत यादवसँग बुझ्न खोज्दा फोन नै उठेन ।

        कमेन्टहरु