नवलपरासीमा अवैध चाँदी जस्तो देखिने धातु बरामद

नवलपुर टुडे
२०८० जेष्ठ २२ | मध्यान्ह ०५:०२ बजे

नवलपरासी, जेठ २२ । पश्चिम नवलपरासी प्रहरीले अबैध चाँदी जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
आज बिहान करिब १०:४० बजे पाल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीस्थित बरामद गरिएको हो ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी गेर्मीबाट प्र.स.नि. खिमानन्द पराजुलीको कमाण्डमा खटि गएको ३ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको महाराजगंज थाना निचलौल बस्ने बर्ष अन्दाजी ५३ को दिलिप बर्मालाई शंका लागी चेक जांँच गर्ने क्रममा निजको साथबाट अन्दाजी रु.३४०,०००/- बराबरको अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
उक्त बरामद धातु २७५० ग्राम फेला पारी मानिससहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको पाण्डेयले बताए ।





