देश

    माछा पोखरीमा डुबि एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

    नवलपुर टुडे
    २०८० जेष्ठ २२ | मध्यान्ह ०४:०२ बजे
    सांकेतिक तस्बिर

      नवलपरासी, जेठ २२ । पश्चिम नवलपरासीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अबस्था गम्भीर घाईते रहेको छ । मृत्यु र घाइते हुनेमा खोटाङ दिपरुङ गाउँपालिका- २ घर भई हाल पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको छोरी बर्ष अन्दाजी ११ की युनिषा खत्री रहेको छ, भने बर्ष अन्दाजी ७ की मुना खत्री गम्भीर घाईते भएकी छिन ।

      रामग्राम नगरपालिका- १० नदुवास्थित रहेको श्री निवास केवटको माछा पोखरीमा सोमबार (आज) ११:४० बजे दुबिरहेको स्थानीयले देखी तत्काल दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल परासी पुर्‍याउदा ११:५५ बजे युनिषा खत्रीको मृत्यु भएको अस्पतालले घोषण गरेका थिए । मुना खत्रीको अवस्था गम्भीर रहेकोले सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

      घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि थप अनुसन्धान कार्य भईरहेको पाण्डेयले बताए ।

        कमेन्टहरु