समाचार, समाज

    कस्तो पारिवारिक पुष्ठभूमीका छन् अधिकृत राजु ? जसले सामाजिक सञ्जालमा खुलेयाम गालीगलौज गर्दै

    रंजित चौरसिया
    २०८० जेष्ठ २२ | मध्यान्ह ०३:०२ बजे

      वीरगंज २२ जेष्ठ । पर्साको विन्दवासिनी गाउँपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत राजु साह तेली कस्तो पारिवारिक पुष्ठभूमिका छन् ? भन्ने प्रश्न यतिबेला आम नागरिकमा भनाभुन हुन थालेको छ । कारण हो– सामाजिक सञ्जाल फेसबुकमा राजुले लेखेको असभ्य र अमर्यादित शब्द । जसलाई पढ्न पनि मान्छेलाई लाज लाग्छ ।

      पर्साकै कालिकामाई गाउँपालिकामा कार्यरत रहदाँ सरकारले निर्धारण गरेको मापदण्डभन्दा विपरित काम गरि हिनामिना गरेको पाईएको विषयमा समाचार प्रकाशनमा आए पछि चित नबुझेको खण्डमा बिज्ञप्ती वा कानुनी बाटो जानुको सट्टा आफ्नो सामाजिक सञ्जाल फेसबुक आईडीबाट अस्लिल, अपशब्द र असभ्य भाषा प्रयोग गरि तथानाक गालीगलौज गरेको पाईएपछि अधिकृत साहको यस्तो व्यवहारले समाजमा अनुशासनहिनता बढ्ने आभाष भएको बिन्दवासिनीका स्थानीयको टिप्प्णी छ ।

      केही वर्ष पहिले अधिकृत राजु साह तेलीले यस्तै अपशब्ध, अमर्यादित, असभ्य भाषाको गृहमन्त्री माथि सामाजिक सञ्जालमा टिप्पणी गर्दा उनलाई प्रहरी खोरमा थुनिएर केही समय निलम्बन गरि पद घटुवाको कारबाही भएको थियो । अधिकृत साह पर्साको धोबिनी गाउँपालिकामा कार्यरत हुँदा पनि स्थानीय जनता, कर्मचारी, जनप्रनितीधिसंग झै–झग्डा, गालीगलौज गर्दै विवादित बनेका थिए । पछि विन्दावसिनी गाउँपालिकामा कार्यरत भएपछि स्थानीय जनता, कर्मचारी, जनप्रनितीधिसंग गाली गलौज गर्ने प्रवृतिको आचरण पुनः दोहोराएको देखिएको स्थानीय बताउँछन् ।

      आफूलाई इमान्दारिताको ढोङ्ग देखाउने अधिकृत साहको पछिल्लो कार्यकालमा भएको अनियमितता बारे समाचार उजागर भएपछि गलत भएको खण्डमा बिज्ञप्ती निकाल्ने, सम्बन्धीत निकायमा उजुरी दिनुको सट्टा सामाजिक सञ्जालमा खुलेयाम गालीगलौज गर्दै हिडेको उनले गरेको कमेन्ट पोस्टले आचरण, संस्कार कस्तो रहेको छ भने देखिन्छ ।

      शिक्षक पेशाबाट सामाजिक प्रतिष्ठा कमाएका प्रमोद तिवारी अहिले विन्दवासिनी गाउँपालिकाको अध्यक्ष हुन् । उनी जस्ता मर्यादित र सभ्य जनप्रतिनीधीको नेतृत्वमा सुशासन र संस्कारको परिभााषा नै नजानेका अधिकृत राजु साह तेली कसरी काम गरिरहे होलान भन्ने आम नागरिकमा चासोको विषय बनेको छ ।

      जस्तो सुकै गालीगलौज कसैले पनि कसैलाई दिन सक्छ, तर लौं, पढ्नुहोस् अधिकृत राजु साहले समाजिक सञ्जालमा टीका–टीप्पणी गरेको शब्द ….

      IMG 20230605 120651

        कमेन्टहरु