उच्च अदालतको अबहेलना गर्दै वडा अध्यक्ष यादव


सिरहा, जेठ २२ । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुरेश कुमार यादवले उच्च अदालतको अपहेलना गर्दै सडक निर्माण कार्यमा जोड दिएका छन्।
शाखा रोड बिस्तार गर्ने क्रममा मेनरोडमा १८ फिट र शाखा रोडमा १४ फिट लिने गरेका छन् वडा अध्यक्ष शुरेश यादवले आफनो निकट जसपा केन्द्रित दलका ब्यक्तिहरुको ऐलानी जग्गा भए पनि नमासिने र विपक्षीदलका ब्यक्तीहरुलाई पक्षपात गरी निजि जग्गामा पनि लेहेङ्गरा र गुण्डाको आडमा हस्तक्षेप गरी गाली बेइज्जत गरी सडक बिस्तार गर्न लागेका हुन्।
स्थानीय उमेश कुमार यादवको आमा नेपुर देवी यादवको नाउँमा रहेको निजि जग्गामा जोड जबर्जस्ति गरी गुण्डाहरुको आडमा बदनियत पुर्ण तरीकाले सत्ता दुरुपयोग गरी सडक निर्माण गर्न लागेका पीडितका छोरा विवेक कुमार यादवले बताए । उमेश यादवको घर अपोजीट रहेको स्थानीय कुन्जे यादबको जग्गा छाडि निजि जग्गामा सडक बिस्तार गर्ने गरेका छन । करिब एक हप्ता अगाडीदेखि सडक बिस्तार गर्न लागेका छन्।
शुक्रबार वडा अध्यक्ष सुरेश यादवले दर्जनौं गुण्डा केटाहरु ल्याएर उमेश यादव र उनको आमा नेपुर देवी यादवलाई गालि बेइज्जत गरी हातपात र कुटपिटसमेत गरिएका छन्।दोहोरो बिवादमा विवेक कुमार यादवको करिब १ लाख रुपैया बराबरको सुनको घाटीको चेन समेत खोसिएको पीडितको आरोप रहेका छन् । स्थानीय जिबछ यादवको परिवारले उमेश यादवको आमा नेपुर देवी यादवलाई हातपात गरी दुव्र्यवहारसमेत गरेका छन्।
वडा अध्यक्ष सुरेश कुमार यादवका बुबा राम उदगार यादव पछिल्लो समय खुनी मुद्दामा जेल परेका थिए । अपराधी यादव तामेलि धरौटी जम्मा गरी तारीखमा तत्काल रिहाई भएका छन् । स्थानीय चन्द्र कान्त यादव, हरी यादव, विवेक यादव, बहादुर यादव माथी कुटपिट गरेका थिए ।बिवादमा करिब ६०/७० जनाको समुह ल्याएर झगडा र बिवाद गर्ने गरेको आरोप छ । बिवादमा झाझपट्टी प्रहरी मुख दर्शक रहेका छन् । अध्यक्ष यादवले उच्च अदालत राजबिराजले २९ गते छ्लफलको लागी बोलाए पनि अदालतको अबहेलना गरी सदस्य बिस्तार गर्न लागेका छन्।





