समाचार

    कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

    नवलपुर टुडे
    २०८० जेष्ठ २२ | मध्यान्ह ०१:०२ बजे

      काठमाडौँ । कान्तिपुरका विज्ञान तथा वातावरण संवाददाता गोविन्द पोखरेलले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

      वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो । पुरस्कार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले प्रदान गरेका थिए ।

      उक्त अवसरमा कान्तिपुरकर्मी पोखरेलसहित राससका भिष्मराज ओझा र रेडियो नेपालकी बालिका मादेन पनि पुरस्कृत भएका थिए ।

        कमेन्टहरु