गण्डकी प्रदेश

    तनहुँ भिमाद–नवलपुरको डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

    नवलपुर टुडे
    २०८० जेष्ठ २२ | बिहान ०७:०२ बजे

      पोखरा  गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ ।

      प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए ।

      आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

      यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।

        कमेन्टहरु