मधेश प्रदेश

    सिरहाको लहान डकैती र हत्याको अखडा बन्दै, प्रहरीको अनुसन्धान फितलो

    नवलपुर टुडे
    २०८० जेष्ठ २१ | मध्यान्ह १०:०२ बजे

      सिरहा, जेठ २१ । सिरहाको लहान नगरपालिका लगायत मधेस प्रदेशमा डकैती र हत्या हिंसाको घटना दिनानुदिन बढदै गएको छ । पछिल्लो समय डकैती र हत्या, बलात्कारको घटनालाई लिएर समग्र सिरहा र लहान बदनाम हुँदै आएका छन्।

      लहान नगरनगरपालिका वडा नम्बर ९ खुट्टी खोला पारी जेष्ठ ५ गते राती स्थानीय राजेश्वर महतोको घरमा अपरिचित बन्दुक धारी डकैतीहरुले बन्दुक देखाए कुटपिट र सुन,चाँदीको गरगहना र नगदसमेत लूटपाट गरेका छन्। जेष्ठ ५ गते आइतबार बटसावित्री पर्वका दिन महिलाहरुलाई निहत्था गरी सुन चाँदीसमेत लूटपाट गरी मर्नासन गरी कुटपिट गरेका छन्।

      सिरहा लहान प्रहरीको समेत मिलोमतोमा डकैती भएको पीडित परिवारले आरोप लगाएका छन्। ५ गते राती करिब १ बजे राती भएको घटनामा घटना स्थलबाटै प्रहरीलाई जानकारी गराए पनि लहान प्रहरीले समयमा नआई दिएको र आलटाल गरी डकैती पश्चात् प्रहरी आएको पीडित परिवारले आरोप लगाएका छन्।

      घटना भएको करिब १५ दिन बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको र प्रहरीको अनुसन्धान फितलो देखिएका छन् । घरबेटी राजेश्वर महतोलाई डकैतहरुले मर्नासन गरी कुटपिट गरेका छन। घटनामा सम्पुर्ण परिवारका सदस्यलाई कुटपिट गरेका छन् भने ४५ हजार नगद सहित सुन चाँदीको गरगहना लत्ताकपडा गरी रु ४ लाख बराबरको धनमाल लूटपाट गरेका परिवारजनले बताए । अपराधीहरुलाई लहान राजनीतिक दलका ब्यक्तिहरुले नै संरक्षण दिने गरेको समेत पीडितहरुले आरोप लगाएका छन ।

       

       

        कमेन्टहरु