देश

    १५ दिने निशेधाज्ञा घाेषणा सँगै उपत्यका छाेड्नेकाे लहर

    नवलपुर टुडे
    २०७८ बैशाख १५ | बिहान ०९:०१ बजे

      काठमाडौँ।
      बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ ।

      काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।

      काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्‍याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

      लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए ।

      नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।

      ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार अघिल्ला दिनहरुको तुलनामा यात्रुहरुको चाप बढेको छ । तर अहिलेसम्म तथ्यांक अद्यावधिक भइनसकेको उनले नवल पुर टुडे सग बताए ।

      संक्रमण बढेपछि फेरि मुलुक लकडाउनउन्मुख भएको छ । दोस्रो लहरको संक्रमण बढेपछि संक्रमणको ‘चेन’ ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या दिननु दिन बढ्दै गएकाे छ ।

      यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ ।
      सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

        कमेन्टहरु