पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु, ११ जना घाइते

नवलपुर टुडे
२०८० जेष्ठ २१ | मध्यान्ह ०७:०२ बजे

पाल्पा, जेठ २१ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतबार बेलुकी दुर्घटना भएकाे हाे । दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेकाे छैन ।
प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।





