देश

    नवलपरासीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ २१ | बिहान १०:०२ बजे

      नवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती करिब ११:५५ बले लु ११ प १९९३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

      दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालकलाई उद्धार गरी प्रहरीले उपचारको लागि जिल्ला अस्पाताल परासीमा पठाएको थियो । उनको उपचारको क्रममा राती २ बजे अस्पतालमा मृत्यु भएको हो ।

      उनको हालसम्म सनाखत हुन बाँकी रहेको र शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

        कमेन्टहरु