गण्डकी प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

नवलपुर टुडे
२०८० जेष्ठ २१ | बिहान १०:०२ बजे

पोखरा । गण्डकी प्रदेशले नीति तथा कार्यक्रम आइतबार ल्याउने भएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइने नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रस्तुत गर्नेछन्।
आज दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ। प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औँ पञ्चवर्षीय योजना, दीगो विकासका लक्ष्यलाई लगायतलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन प्रदेश नीति तथा योजना आयोगले सुझाव दिएको छ । असार १ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ।
गण्डकीका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका थिए जेठ १४ र १६ गते छलफल त्यसमाथि छलफल भएको थियो।





