देश

    अनाहकमा दु:ख दिदै सिरहा ट्राफिक

    नवलपुर टुडे
    २०८० जेष्ठ १९ | मध्यान्ह ०३:०२ बजे

      सिरहा । आर्थिक मन्दिका कारण हैरान जनताले सिरहा ट्राफिकको रबैया देखेर झन हैरान भएका छन । यतिबेला सदरमुकाम सिरहा ट्राफिक बिटका प्रहरीले अनाहकमा रकम असुली गरी हैरानी गरिरहेको स्थानीयहरुको आरोप रहेका छन ।

      मुख्य सडक सिरहा-चोहर्बा सडक खण्डमा दिन प्रतिदिन दुर्घटना बढिरहेको बेला चेकजाच नगरी गाउँघरको चोरबाटोमा चेकिङ्ग गरिरहेका छन । स्थानीय सिरहा न.पा-२ का दिपेश यादबले ट्राफिक प्रहरीले १५ सयको रसिद काटिदिने धम्काउछन पछि बार्गेनिङ सुरु गरेर बिना रसिद ५ सयमा काम चलाउछन ।

      नामको ब्याचसमेत नलगाइ फिल्मी शैलीमा डन झै चाभि खोसेर तर्साउने गरेका छन । अर्थतन्त्रले धरायसी परेका सर्बसाधारणको लागि न कुनै जनचेतना, न सम्झाइ -बुझाइ राजश्व संकलन गर्ने भनि पैसा उठाइरहेको सर्बसाधारण आजित भएका छन ।

      दिउँसो बन्दै गरेको निर्माणधीन अस्तब्यस्त हुलाकी सडकमा छडके चेक-जाचको नाउँमा गर्मीले अचेत अबस्थाका रहेको एक बिरामीलाई अस्पताल लगिरहेको अबस्थामासमेत जबर्जस्ति जरिबाना तिराएका गुनासो पोखे । मानबता समेत बिर्सेर अनाहकमा दु:ख दिइरहेको ट्राफिक प्रहरी बेलैमा नसच्चिए ट्राफिक विरुद्धको आन्दोलन गर्न बाद्य्य हुनेसमेत बताए ।

      ट्राफिक प्रहरीको काम सधै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनु मात्र होइन, ट्राफिक प्रहरीले गर्नुपर्ने तथा सघाउ पुर्‍याउनु पर्ने कार्य धेरै छन् । बाटामा जति पनि चौपाया छन्, तिनको अवस्था निर्मूल पार्नुपर्छ । यसो गर्नाले फोहोर तथा दुर्घटना सडकमा कम हुन जान्छ । यसका लागि सरकार तथा सम्बन्धित निकायले प्रहरी, ट्राफिकलाई सहयोग गर्नुपर्छ ।

      तर, यो मुलुकमा एकअर्कालाई सहयोग गर्ने राम्रो संस्कार नै छैन । यसमा जनमानसको सहयोगको पनि उत्तिकै खाँचो छ । यति मात्र होइन, प्रतिपक्षहरूले पनि यसमा आवाज उठाउनुपर्छ । सधैं डाहको भावना लिएर, अनावश्यक चेतावनी दिएर बस्ने होइन, जब कि आफ्नो कार्यकालमा केही गर्न सकेन ।

      अहिलेको परिप्रेक्ष्यमा टोलटोल सफा राख्ने सर्वसाधारणका लागि पत्रिका स्कूल, क्याम्पस, हस्पिटल, कार्यालयमा तथा टोलटोलमा टाँँस्नु, बटुवालाई शुद्धपानी खाने धारा राख्ने, सवारी कोचाकोच समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पु¥याउनुपर्छ । यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने हो भने यो समस्या कुनै ठूलो समस्या होइन ।

        कमेन्टहरु