भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेटवार्ता

नवलपुर टुडे
२०८० जेष्ठ १८ | मध्यान्ह ०६:०२ बजे

काठमाडौ, जेठ १८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको थियो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।





