समाचार

    बुद्ध एयरको नमूना जहाज बनाउने चितवनका अभय परियारलाई बुद्ध एयरले दियो १ लाख

    नवलपुर टुडे
    २०८० जेष्ठ १७ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौं, जेठ १७ । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ ।

      १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको हो । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई एक लाख नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन् ।

      साथै बुद्ध एयरले उनको मेहनतका लागि धन्यवाद व्यक्त गर्दै उज्वल भविष्यको कामना समेत गरेका छन् ।

        कमेन्टहरु