काठमाडौँको नयाँ बजारस्थित इलिप्स स्कुलको छात्रावासमा १३ वर्षीय बालक मृत फेला

नवलपुर टुडे
२०८० जेष्ठ १७ | मध्यान्ह १२:०२ बजे

काठमाडौँ, जेठ १७ । काठमाडौँ नयाँ बजारस्थित इटरनल लाइट पब्लिक स्कुल(इलिप्स) को छात्रावासमा एक छात्र मृत फेला परेका छन् ।
कक्षा ५ मा अध्ययनरत नेत्रावती डबजोङ गाउँपालिका-५ धादिङका १३ वर्षीय अभिषेक तामाङ विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अहिले अभिषेकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आफूहरू घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेको भन्दै बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।





