देश

    कोशी प्रदेश सरकारबाट बाहिरिँदै जसपा

    नवलपुर टुडे
    २०८० जेष्ठ १७ | मध्यान्ह १२:०२ बजे

      विराटनगर, जेठ १७ । जनता समाजवादी पार्टी (जसापा) कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

      मंगलबारदेखि सुनसरीको इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् ।

      जसपाले बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रसँग पनि छलफल सुरू गरेको छ । माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिने विश्वास जसपाको छ । कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिटको सरकार थियो ।

      केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ ।

        कमेन्टहरु