कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

नवलपुर टुडे
२०८० जेष्ठ १७ | मध्यान्ह १२:०२ बजे

काठमाडौँ, जेठ १७ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको हो ।
प्रचण्ड सरकारमा कांग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक तोकेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन् ।





