देश

    सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ १७ | मध्यान्ह १२:०२ बजे

      सिन्धुपाल्चोक, जेठ १७ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ ।

      बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।

      गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताए । रासस

        कमेन्टहरु