नागरिकता विधेयक प्रमाणीकरणको तयारीमा राष्ट्रपति पौडेल

नवलपुर टुडे
२०८० जेष्ठ १७ | बिहान ११:०२ बजे

काठमाडौं, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका छन् ।
राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार मन्त्रिपरिषदबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह भई आएकोले राष्ट्रपतिले आजै प्रमाणीकरण गर्ने तयारी गरेको हो ।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो ।
अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो । गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।





