देश

    भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति पौडेललाई

    नवलपुर टुडे
    २०८० जेष्ठ १७ | बिहान ११:०२ बजे
    फाइल तस्बिर

      काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको औपचारिक भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

      प्रधानमन्त्री प्रचण्डले आज बिहान शितल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

      कुनै पनि देशको भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ । आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्दै छन् ।

        कमेन्टहरु