कांग्रेसका सभापति देउवाको निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

नवलपुर टुडे
२०८० जेष्ठ १७ | बिहान ११:०२ बजे

काठमाडौँ, जेठ १७ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघका अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।
बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन् । संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघका नेता शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो ।
संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ ।





