देश

    नवलपुरमा बस दुर्घटना हुँदा ९ जना घाइते

    नवलपुर टुडे
    २०८० जेष्ठ १६ | मध्यान्ह ०९:०२ बजे

      नवलपुर, जेठ १६ । नवलपुरको गैडाकोट नगरपालिका – ३ तारङखोला स्थित करिडोर सडकखण्ड (गैडाकोटबाट पाल्पा) मा बस दुर्घटना भएको छ । चितवनबाट भ्रमणको लागि आएको बा २ ख ७५८३ नम्बरको बसमा नवलपुरको बुलिङटार गाउँपालिका – ३ घुमाउरीघाट घुमी फर्कने क्रममा ब्रेकफेल भई सडकको बाँया साइडमा पल्टिन गई दुर्घटना भएको हो ।

      उक्त बसमा सवार करिब २७ जना यात्रु मध्ये घाइते ९ जनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर तर्फ पठाईएको छ । घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक रिता पौडेलको कमाण्डमा १० जना, ईलाका प्रहरी कार्यालय डेढगाँउबाट प्रहरी निरीक्षक जयराम वन्तको कमाण्डमा ७ जना र प्रहरी चौकी बुलिङटारबाट प्र.ना.नि. कमल बगालेको कमाण्डमा २ जनाको टोली खटिएको छ ।

      यात्रुहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । बस चालक ईलाका प्रहरी कार्यालय गैडाकोटको नियन्त्रणमा रहेको छ । सकुशल रहेका अन्य यात्रु अर्को सवारी साधनमा आफ्नो गन्तव्य तर्फ गएको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु