देश

    महोत्तरीमा रहेको एनएमबि बैंकमा हतियार देखाई ३५ लाख लुटपाट 

    नवलपुर टुडे
    २०८० जेष्ठ १६ | मध्यान्ह ०२:०२ बजे

      जनकपुरधाम, जेठ १६ । महोत्तरीमा रहेको एनएमबि बैंकमा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखा कार्यालयबाट ३५ लाख रुपैयाँ लुटपाट भएको हो ।

      मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा हतियारधारी समूह आएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । हतियार देखाई चार जना अज्ञात व्यक्तिहरूले बैंक लुटेका हुन् । 

      प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

        कमेन्टहरु