भिरबाट लडेको छोरालाई बचाउन खोज्दा गर्भवती आमाको पनि लडेर मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ १६ | बिहान ११:०२ बजे

धादिङ, १६ जेठ । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेनिघाट रोराङ – २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङको मृत्यु भएको हो ।
उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । भिरमा घाँस काट्न जाँदा कोखको २ वर्षीय छोरा लडेपछि उनी उद्धार गर्न गएकी थिइन् । सोही क्रममा उनी भिरबाट लडेर करिब ५० मिटर तल पुगेकी थिइन् ।
करिब ४ घण्टापछि उनको उद्धार गरी मलेखु टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै आमा र पेटमा भएको बच्चालाई अस्पतालले मृत घोषित गरेको हो ।





