अर्थ

    सरकारले कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा छुट्याउने

    नवलपुर टुडे
    २०८० जेष्ठ १५ | मध्यान्ह ०५:०२ बजे

      १ अर्बको नवप्रवर्तन कोष स्थापना गरिने
      काठमाडौँ । सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गर्ने निर्णय गरेको छ ।

      आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको बताएका हुन् ।

      यस्तै, सरकारले १ अर्बको नवप्रवर्तन कोष स्थापना गर्ने भएको छ । यसका लागि कार्यविधिसमेत निर्माण गरिने उनले बताए ।

        कमेन्टहरु