देश

    मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

    नवलपुर टुडे
    २०८० जेष्ठ १५ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

      प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । 

      आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ ।

      प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।  पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले बताए ।

        कमेन्टहरु