प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँचजना मन्त्री पनि जाने

नवलपुर टुडे
२०८० जेष्ठ १५ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १७ देखि २० गतेसम्म हुने भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
उनले प्रधानमन्त्रीसहित पाँच मन्त्री भ्रमणको जाने बताइन् । उनका अनुसार भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित ५ जना जाने बताइन् ।





