देश

    गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

    नवलपुर टुडे
    २०८० जेष्ठ १४ | मध्यान्ह ०७:०२ बजे

      काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जना कैदीहरुको कैद सजाय माफी गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका हुन् ।

      १२ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले जेठ १५ गतेदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी गरेको हो । 

      यस्तै मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन् ।

      photo 2023 05 28 19 24 57 photo 2023 05 28 19 24 59

        कमेन्टहरु