समाचार, समाज

    ४० जना अपाङ्ग महिला तथा बालबालिकाको समाग्री लिएर घरमै पुगे पत्रकार दुबे

    रंजित चौरसिया
    २०८० जेष्ठ १४ | मध्यान्ह ०५:०२ बजे

      बारा १४ जेष्ठ । फेटा गाउँपालिकाको बिभिन्न वडाहरुको अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको छ । फेटा गाउँपालिका वडा नम्बर १, ४, ५, ६ र ७ का अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको हो ।

      महिलाहरुको सुख दुखमा सहयोग पुरयाउदै आएका सखि संस्थाले अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरेको छ । फेटा गाउँपालिका वडा नम्बर ७ निवासी पत्रकार उमेश दुबेको अध्यक्षतामा वडा नम्बर १,४,५,६ र ७ का अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको हो ।

      समाग्री वितरण गर्दै पत्रकार उमेश दुबेले फेटा गाउँपालिकाको बिभिन्न वडाहरु गरी हालसम्म ४० जना अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री बितरण गरिएको बताए । उहाले स्थानीय गाउँपालिका अपाङ्ग महिला तथा बालबालिकाहरुका लागि छुटै अस्पतालको ब्यवस्था मिलाउनु पर्नेमा जोड दिदै राहत स्वरुप समाग्री प्रदान गर्ने सखि संस्थालाई धन्यवाद दिएका थिए ।

      पत्रकार उमेश दुबेले महिलाहरुको हक अधिकारका साथै महिलाहरुको शिप मुलक कार्यक्रमका निम्ति अग्रनी भुमिका निर्वाह गर्दै आएका सखि संस्था जस्तै पुरुषहरुका लागि पनि कुनै संस्था भएको भए पुरुष तथा महिला अपाङ्गहरुलाई केहि सहज तथा टेवा पुग्ने बताए । सखि संस्थाले फेटा गाउँपालिका भित्र गरिरहेको सराहनीय कार्यको प्रशंसा गर्दै अपाङ्ग महिला तथा बालबालिकाहरुका लागि स्थानीय पालिका समेत गम्भीर हुन अवाश्यक रहेको बताए ।

        कमेन्टहरु