रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

नवलपुर टुडे
२०८० जेष्ठ १४ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ, जेठ १४ । टीकापुर घटनाका दोषी ठहरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् ।





