गुल्मीमा आफ्नै बुबाले काटिदिए छोराको नाक

नवलपुर टुडे
२०८० जेष्ठ १४ | बिहान १०:०२ बजे

बुटवल । गुल्मीमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । गुल्मीको इस्मा गाउँपालिका- ३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएको हो ।
घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका हुन । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए ।
हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको छ । घटनामा संलग्न दिल बहादुर हसियासहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





