समाचार

    सिरहाका नवराजपुरमा निजि जग्गामा बाटो बनाउन खोज्दा झडप, दर्जनौ घाइते

    नवलपुर टुडे
    २०८० जेष्ठ १३ | बिहान ०७:०२ बजे

      सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा न.३ मझौरामा गाउँपालिकाले निजि जग्गामा बाटो विस्तार गर्न खोज्दा झडप भएको छ। झडपमा परी जग्गा धनि तर्फका करिब एक दर्जन महिला पुरुष घाइते भएको बताएका छन्।

      पालिकाले वडा न.३ मझौराका शिवनाथ यादवको निजि जग्गाको बाटोलाई सार्वजनिक बाटो भनि फराकिलो बनाउन खोज्दा झडप भएको हो।

      शिवनाथ यादवलाई पालिकाले निजि बाटो संगै रहेका घर भत्काउन भनि जानकारी गराउदा यादव न्याय खोज्दै उच्च अदालत जनकपुर पुगेको थियो । उच्च अदालत जनकपुर राजविराजबाट आफ्नो प्रमाणसहित जेठ ४ गते निषेधाज्ञा ल्याई गाउँपालिका र वडा कार्यलयमा बुझाउदा पनि प्रहरी प्रशासनको रोहवरमा गाउँपालिकाले करीब २०० जनाको समुहको स्वयमसेवक महिला तथा पुरुषहरु घर तोड्न जाँदा जग्गाधनीले प्रतिकार गरेका थिए ।

      गाउँपालिकाको स्वयमसेवकहरुले प्रहरीकै उपस्तिथिमा उच्च अदालतको निर्णयलाई अवज्ञा गर्दै लट्ठी, ढुंगा, ईटा लगायतले कुटपिट गर्दै शिवनाथ यादव लगायत दर्जनौलाई घाइते बनाउदै घर तोडफोड गरेका हुन ।

        कमेन्टहरु