समाचार

    एक महिना नबित्दै पिपिसी ढलान भत्कियो

    नवलपुर टुडे
    २०८० जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

      कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

      यता गाउँपालिका इन्जिनियर नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए । उनले नयाँ माटोमा पिपिसी ढलान गर्दा पिपिसीसहित बाटो भत्किएको बताए । उनले कल्भर्ट पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने बताए ।

      यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले भत्किएको पिपिसी ढलानको काम सुरु गरिएको बताए । उनले नयाँ माटो पटान भएकोले पिपिसी ढलान भत्किएको बताए । उनले पिपिसी निर्माण भएको ६,७ दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा आउँदा पिपिसी ढलानको दुबै छेउ भत्किएको बताए ।

      गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी निर्माण भएको थियो ।

      photo 2023 05 26 17 46 08

        कमेन्टहरु