समाचार

    सप्तरीको शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ १२ | मध्यान्ह ०२:०२ बजे

      जनकपुरधाम, जेठ १२ । सप्तरीमा एक विद्यालयमा करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको छ । राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

      राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए ।

      करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगेपछि चिकित्सकले शुक्रबार बिहान ८:३५ बजे मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

      विद्यालयले नै विजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त घटना भएको भन्दै विद्यार्थीहरु छानबिन र क्षतिपूर्तिको माग गर्दै केही बेर सडक जाम र टायर बालेर गरेर प्रदर्शन गरेका थिए । अहिले अवस्था साम्य भएर घटनाबारे अनुसन्धान अघि बढाएको डिएसपी सिंहको भनाइ छ ।

        कमेन्टहरु