देश

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ ११ | बिहान ११:०२ बजे

      रुकुम, जेठ ११ । रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

      बिहान दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जीप बाँफेकोट गाउँपालिका–८ दुलीस्थित मोतिखोलामा सडकबाट झन्डै चार सय मिटर तल खसेको थियो ।

      सो दुर्घटनामा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

      उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । 

        कमेन्टहरु