देश

    नवलपुरको देवचुलीमा गैडाको आक्रमणबाट एक पुरुष घाईते

    नवलपुर टुडे
    २०८० जेष्ठ ११ | बिहान १०:०२ बजे

      कावासोती । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् । घाईते हुनेमा देवचुली नगरपालिका- १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्री रहेका छन ।

      उनलाई घर नजिकै रहेको महाराजा सामुदायिक वनमा बिहान सवा ८ बजे देवचुली- १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडी रहेको वन क्षेत्रमा गैंडाले आक्रमण गरेका हुन ।

      गैडाको आक्रमणमा घाईते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । उक्त स्थानमा प्र.स.नि.कृष्ण लामिछानेको कमाण्डमा २ जनाको टोली खटिएका छन ।

      केही दिन अघि देवचुली- १० मा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । सो क्षेत्रमा बारम्बार गैंडाले आतंक मच्चाई आक्रमण गरी मानिसको मृत्यु हुँदासमेत निकुञ्जलाई नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले आक्रोश पोखेका छन ।

        कमेन्टहरु