रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ ११ | बिहान ०९:०२ बजे

रुकुम, जेठ ११ । रुकुम पश्चिममा आज बिहान जीप दुर्घटना भएको छ । जिल्लाको बाँफेकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना भएको हो ।
दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जीप बाँफेकोट गाउँपालिकाको मोतिखोलामा सडकबाट झन्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।





