देश

    गैडाकोटमा बस र ट्रक ठोक्किदा ९ जना घाइते

    नवलपुर टुडे
    २०८० जेष्ठ ११ | बिहान ०८:०२ बजे

      कावासोती । नवलपुरको गैडाकोटमा बसले ट्रकलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । बुधबार साँझ गैडाकोटको जयश्री पुलमा पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ६ ख ६८५९ नम्बरको यात्रुवाह बसले सोही दिशामा गुडिरहेको ना ८ ख ४४४८ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा ९ जना घाइते भएका हुन् ।

      घाईते हुनेमा नवलपरासी (पूर्व) गैडाकोट न.पा.-२ बस्ने बर्ष ५३ कि साननानी पण्डित, गैडाकोट न.पा.-१ बस्ने बर्ष ३४ कि मोहनी माया थापा श्रेष्ठ, सोही वडा बस्ने बर्ष २८ कि आरती गिरी, रौतहट यमुनामाई गा.पा.-३ बस्ने बर्ष २० को अनुहारी मंसरी, नवलपरासी (पूर्व) गैडाकोट न.पा.-१ बस्ने बर्ष ४२ कि कुना थापा, सोही वडा बस्ने बर्ष ४७ कि सिमा राना, सोही वडा बस्ने बर्ष ३८ को निलमणी घिमिरे, चितवन भरतपुर म.न.पा.-१० बस्ने बर्ष ५१ को पृथ्वी बहादुर गुरुङ र भरतपुर म.न.पा. ०५ बस्ने बर्ष ३४ कि मिना न्यौपाने रहेको प्रहरीले बताए । सामान्य घाईतेहरुको उपचार गरी गन्तव्य तर्फ गएको छ ।

      घाइतेहरु मध्ये गैडाकोट नगरपालिका २ बस्ने ५३ वर्षकी साननानी पण्डित र रौतहट यमुनामाई गाउँपालिका- ३ बस्ने २० बर्षका अनुहारी मंसरीको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अन्य सामान्य उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । बस घटनास्थलमा रहेको छ भने ट्रक र दुबै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु