समाज

    “४५ दिने आधारभूत ब्यूटी पार्लर तालिम सम्पन्न”

    नवलपुर टुडे
    २०८० जेष्ठ ११ | बिहान ०६:०२ बजे

      मोहम्मद इरफान मनसुरी
      कपिलवस्तु । किशोरी तथा महिलाहरुलाई ब्यूटी पार्लर तालिम सम्पन्न भएको छ गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले महाराजगञ्ज नगरपालिका वडा नं.१ महाराजगञ्जमा ४५ दिने आधारभूत ब्यूटी पार्लर तालिम सञ्चालन गरिएको थियो । डायनामिक सामाजिक बिकास संस्था कपिलवस्तु न.पा.१२,को आयोजना तथा महाराजगञ्ज नगरपालिका नगर कार्यपालिकाको कार्यालय महाराजगञ्जको आर्थिक सहयोगमा मिति २०७९ चैत्र १७ देखि २०८० बैशाख ३१ गते सम्म तालिम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको प्रमाण पत्र बुधबार एक समारोह बीच हस्तान्तरण भएको छ

      कार्यक्रममा ३० जना सहभागी रहेका थिए । तालिममा महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरीले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरी पदमले यस किसिमका कार्यक्रमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो ।

      त्यस्तै तालिम समापन कार्यक्रममा बोल्दै महाराजगञ्ज नगरपालिकका सामाजिक बिकास अधिकृत निरन्जन पौडेलले महिलाहरु जबसम्म आर्थिक रुपले सबल हुदैनन् तबसम्म महिला हिंसामा कमि नआउने बताए । महिलाहरु जन्मेदेखी बृद्धअवस्थासम्म अरुमा निर्भर बन्नुपर्ने अवस्था भएको उनले बताए । ‘महिलाहरुलाई तालिम दिएर व्यवसायिक बनाई आर्थिक रुपले सबल बनाउन नगरपालिका हरदम तयार छ’ उनले भने । त्यस्तै

      डायनामिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मनसुरीले सञ्चालित तालिम समापन कार्यक्रममा स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवनयापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम सिकाइएको महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

      photo 2023 05 25 06 44 25

        कमेन्टहरु