भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

नवलपुर टुडे
२०८० जेष्ठ १० | मध्यान्ह ०४:०२ बजे

काठमाडौं, जेठ १० । सरकारले भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।
जात्राका अवसरमा उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।






