मुख्य समाचार

    रुपन्देहीबाट २२ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट बरामद

    नवलपुर टुडे
    २०८० जेष्ठ १० | मध्यान्ह ०४:०२ बजे

      बुटवल, जेठ १० । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट बरामद गरेको छ ।

      बुधबार बिहान अवैध रुपमा भन्सार छलेर ल्याएको २२ लाख ३० हजार ५ सय मूल्य पर्ने इलेक्ट्रिक सिगरेट, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

      प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएको सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो । गस्तीमा सशस्त्र प्रहरीलाई देख्नासाथै सामान ल्याउँदै गरेका मानिसहरु सामान छाडेर भागेका थिए । 

      बरामद सामान सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

        कमेन्टहरु