राजनीति

    नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

    नवलपुर टुडे
    २०८० जेष्ठ १० | बिहान ११:०२ बजे
    तस्बिर: राष्ट्रपतिको सचिवालय।

      काठमाडौ, जेठ १० । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई शपथ ग्रहण गराएका हुन् ।

      साथै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका हुन् । 

      photo 2023 05 24 11 24 18

      प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद महतोलाई वन तथा भू–संरक्षण र प्रमिला कुमारीलार्ई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए । 

      शपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । 

        कमेन्टहरु