देश

    नवलपुरमा महेन्द्रराजमार्ग अवरुद्ध

    नवलपुर टुडे
    २०८० जेष्ठ १० | बिहान ११:०२ बजे

      कावासोती । महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोला चोरमारा खण्डमा राजमार्ग अवरुद्ध भएको छ । 

      झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण आज बिहान साढे ५ बजेबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनायो । बर्दघाट तर्फबाट नारायणगढतर्फ जाँदै गरेको मालवाहक गाडी फसेका कारण राजमार्ग अवरुद्ध भएको हो । राजमार्गदेखि उत्तरतर्फ बनाइएको कच्ची सडकमा पानीले लेदा बग्दा गाडी फसेको हो ।

      अवरुद्ध भएको स्थान महेन्द्रराजमार्गको कावासोती बजारबाट १७ किलोमिटर पश्चिमतर्फ जंगलको बिचमा पर्दछ । चोरमारा र अरुणखोलाको बिचमा रहेको गडारखोला पुलदेखि उत्तर तर्फको डाइभर्सन सडकको हिलोमा गाडी फसेको ईलाका प्रहरी कार्यालय दुम्कीवासले जनाएको छ ।

        कमेन्टहरु