देश

    प्रतापपुरको जगन्नाथपुरबाट अबैध सामान बरामद

    नवलपुर टुडे
    २०८० जेष्ठ ९ | बिहान ०९:०२ बजे

      नवलपरासी, जेठ ९ । नवलपरासीमा भारतबाट भन्सार छली ल्याएको एक लाख भन्दा बढी मुल्यको अबैध सामान बरामद गरिएको छ । आज बिहान ६:३० बजे प्रतापपुर गाउँपालिका- ७ जगन्नाथपुरस्थित अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको अबस्थामा बरामद गरिएको हो ।

      प्रहरीलाई दिएको विशेष सूचनाको आधारमा उक्त स्थानमा प्रहरी चौकी बसैयाबाट प्र.ना.नि. बासुदेव ओलीको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखी सामान सोही स्थानमा छाडी तस्कर मोटरसाइकल लिई फरार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले बताए ।

      बरामद सामान बच्चाको सेण्डो भेष्ट ७०८ थान अन्दाजी मुल्य रु. ८४,९६०/-, साडी १६ थान अन्दाजी मुल्य रु. ९,६००/-, कुर्ता सुरवाल ५ थान अन्दाजी मुल्य रु. ३,०००/-, थानको कपडा ३ थान अन्दाजी मुल्य रु. ७,०००/- र पानी तान्ने नल ४ वटा अन्दाजी मुल्य रु.६,०००/- गरी जम्मा अन्दाजी मुल्य रु. १,१०,५६०/- (एक लाख दश हजार पाँच सय साठी) बराबरको रहेको छ । सामान बरामद गरिएको उक्त स्थान प्रहरी चौकीबाट ३.५ किलोमीटर टाढा रहेको छ ।

      प्रहरीले सामान नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाईको सो सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको र अवैध सामान ल्याउने कार्यमा संलग्न तस्करको खोजतलास तथा अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए ।

       

        कमेन्टहरु