सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन

नवलपुर टुडे
२०८० जेष्ठ ९ | बिहान ०९:०२ बजे

काठमाडौं, जेठ ९ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार निधन भएको हो ।
उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए । ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन भएको नेपाली सेनाले जनाएको छ ।
उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।





