जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

नवलपुर टुडे
२०८० जेष्ठ ९ | बिहान ०८:०२ बजे

जनमकाठमाडौ । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
यही जेठ १२ गतेका लागि बैठक बोलाइएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए। ‘जेठ १२ गते बिहान ७ बजेदेखि कोटेश्वरस्थित होटल तपोवनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ’, मंगलबार बिहान नवलपुर टुडेसँग उनले भने।
बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्ने उनले बताए। केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन। मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ। उनका अनुसार बैठकमा चुनावी समीक्षा पनि हुनेछ।
गत वैशाख १० गते बारा २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिए पनि हारेको थियो। यस्तै बैठकमा पार्टीका संगठनसम्बन्धी एजेन्डा पनि रहेको नेता साहले जानकारी दिए।





