देश

    उपत्यकामा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

    नवलपुर टुडे
    २०८० जेष्ठ ९ | बिहान ०८:०२ बजे

      काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । 

      काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो । 

      नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट  ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

      आज ललितपुर महानगरपालिकाबाट औपचारिक रूपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ । रासस

        कमेन्टहरु